भुकम्पप्रभावित क्षेत्रका बालबालिकालाई बहुउपयोगी झोला र शैक्षिक सामग्री वितरण

भुकम्पप्रभावित क्षेत्रका बालबालिकालाई बहुउपयोगी झोला र शैक्षिक सामग्री वितरण

"0" Comments

रुकुम पश्चिम । जिल्लाको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भुकम्पप्रभावित विद्यालयका विद्यार्थीलाई बहुउपयोगी एडुकेश झोला र शैक्षिक सामग्री प्रदान गरिएको छ । रुकुमेली समाज विकास केन्द्रको सहजिकरणमा युनिसेफद्धारा यसप्रकारका शैक्षिक सामग्री वितरण गरिएको हो ।

भुकम्पका कारण घर र विद्यालय भत्किएकापछी साँघुरो ठाउँमा डेस्क–वेञ्च राख्न नमिल्ने भएकाले यही झोलालाई नै डेस्कका रुपमा प्रयोग गर्न सकिने युनिसेफका शिक्षा अधिकृत फर्सुराम पन्थले बताए । ‘कापी–किताव राखेर बोक्न मिल्ने र सानो ठाउँमा पनि बसेर त्यही झोलालाई डेस्क बनाई पढाई–लेखाई गर्न मिल्ने प्रकारले झोलाको डिजाईन गरिएको छ ।’ उनले भने, ‘यसले बालबालिकाको शिक्षण सिकाई क्रियाकपालाई सहज बनाउनुका साथै सहयोग गर्ने उदेश्य राखिएको छ ।’

सानीभेरी गाउँपालिकाका १९ सय ९६ र आठविसकोट नगरपालिकाका २ सय ६८ जना कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुका लागी शैक्षिक सामग्री सहितको झोला प्रदान गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक रमेश गौतमले जानकारी दिए । एक जनालाई करिब ३ हजार बराबरको सामग्री वितरण गरिएको भन्दै उनले भने, ‘भुकम्प प्रभावित विद्यालयका विद्यार्थीहरुको शैक्षिक पुर्नलाभका लागी पनि यसले सहयोग गर्नेछ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *