मुसीकोटमा अभिकर्ता मिलन तथा सम्मान कार्यक्रम
मुसीकोटमा अभिकर्ता मिलन तथा सम्मान कार्यक्रम

रुकुम पश्चिम । प्रभुमहालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड मुसीकोट शाखाले अभिकर्ता मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १ खंलगामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रभुमहालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड प्रदेश प्रुमख देशराम चौधरीले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । बिमा, अभिकर्ता, बिमितको विषयमा चौधरीले सहभागिहरुलाई प्रशिक्षण दिएका हुन् ।
प्रभुमहालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले ९ जना एजेन्सीलाई सम्मान गरिएको छ । तेजप्रशाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रभुमहालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख देशराज चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।।