मुसिकोट नगरपालिका– १२ नयाँगाउँमा लिफ्ट मार्फत खानेपानी पुर्याइदै

मुसिकोट नगरपालिका– १२ नयाँगाउँमा लिफ्ट मार्फत खानेपानी पुर्याइदै

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १२ को नयाँगाउँमा लिफ्ट खानेपानीको अनुगमण गरिएको छ । शहरी शासकीय पुर्वाधार कार्यक्रम अन्तरगत वडामा विनियोजित बजेटले नयाँगाउँमा लिफ्ट मार्फत खानेपानी पुर्याउन लागिएको हो ।

उक्त आयोजना १५ लाख लागतमा निर्माण हुन लागेको वडा अध्यक्ष सेर्पालीले जानकारी दिए । बसाँईखोला गेरुपानी नयाँगाउँ लिफ्टिङ खानेपानी योजना अन्तरगत ६८ घर परिवार लाभान्वित हुने छन् । काम सुरु भएको २४ दिनमा ११ सय ५० मिटर पाईप लाईन भएर ४ सय मिटर भर्टिकल हाईटमा ६० हजार लिटर क्षमता भएको आरसिसि ड्याममा पानी पुगेको वडा अध्यक्ष सेर्पालीले जानकारी दिए ।

मुसिकोट नगरपालि अनुगमन समितिका संयोजक एवं नगरका उप प्रमुख बिमल कुमार पुन, ईन्जिनियर पहल पुन, वडा अध्यक्ष लगायतको टोलीले आयोजनाको अनुगमण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *