रुकुम पश्चिममा राष्ट्रिय सूचना प्रविधि तथा सञ्चार दिवस मनाइयो
रुकुम पश्चिममा राष्ट्रिय सूचना प्रविधि तथा सञ्चार दिवस मनाइयो
रुकुम पश्चिम ।
रुकुम पश्चिममा पनि राष्ट्रिय सूचना प्रविधि तथा सञ्चार दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
कार्यक्रममा सहभागिहरुले प्रविधिको विकाससंगै सुचना आदान प्रदान सहज भएको बताएका छन् । प्रविधिको कारण विश्व एक ठाउँमा भएको कार्यक्रममा सहभागिहरुको भनाई थियो । सुचना पाउने र दिने विषय सहज हुनुपर्ने पर्नेमा पनि उनीहरुको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सम्वन्य समिति प्रमुख लुम्बिनी गौतमले प्रबिधिको विकाससंगै केहि विकृति फैलिएकाले सजक हुनुपर्ने बताईन । प्रविधिको प्रयोग गरेर विभिन्न प्रलोभनमा पार्ने र ठगिका घटना बढ्दै गएको उनको भनाई छ । त्यस्तै उहाँले सञ्चारमाध्यामहरुमा लोकप्रियता बढाउनकै लागि भए पनि गलत सुचना फैलाउने गरेको बताईन ।
त्यस्तै मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले छिटो सुचना दिने होडवाजीका कारण पनि गलत र मिथ्या सुचना मानिस सम्म पुग्ने गरेको बताए । मिडियाको नाममा प्रेस आचारसंहितालाई मिचेर स्थानियतहमा गएर विना कारण मिथ्या सुचना फैलाउने गरिएको उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रशाद पन्तले सुचना दिने र दिने दुवै पक्ष विषयमा जानकार भएको हुने पर्ने बताए । प्रविधिसंग जोडिएका कुरालाई सदुउपयोग गर्न सकिने उनको भनाई थियो । प्रविधिमा ज्ञानसिप भएका व्यक्तिहरुले त्यो सिप सहि ठाउँमा लगाउनु पर्ने उनको भनाई छ ।
प्रहरी नायव उपरिक्षक नवराज पोखरेलले प्रविधिको विकाससंगै अपराधिक घटना पनि बढेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतित्थ्यता तथा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी.को विशेष आतिथ्यता रहेको थियो ।।