कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षा

कोशी, बागमती र गण्डकी प्रदेशमा आज वर्षा

"0" Comments

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सोमबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा बिहान पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया मौसम सफा छ।

महाशाखाले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र मधेश प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *