गोरखापत्रको उत्कृष्ट समाचारदाताको रुपमा रुकुम पश्चिमका राजु लामिछाने सम्मानित

गोरखापत्रको उत्कृष्ट समाचारदाताको रुपमा रुकुम पश्चिमका राजु लामिछाने सम्मानित

"0" Comments

काठमाडौं  । गोरखापत्र दैनिकका रुकुम पश्चिम (मुसीकोट) समाचारदाता राजु लामिछाने उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित भएका छन् ।

गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा लामिछानेलाई पुरस्कार सहित सम्मान गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनलाई सम्मान पत्र, नगद र दोसल्ला सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ निवासी लामिछाने विगत दुई दशक देखि पत्रकारितामा सक्रिय छन् । वार्षिकोत्सवको अवसरमा

लामिछानेलाई यस अघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले पनि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *