आज कुन–कुन ठाउँमा पानी पर्छ ?

आज कुन–कुन ठाउँमा पानी पर्छ ?

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिम र पूर्वका विभिन्न ठाउँमा सोमबार राति हल्का बर्षा भयो । मेघगर्जन सहित परेको पानी लामो समय सम्म पर्न सकेन ।

आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बेलुका काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का पानी परेको थियो ।

पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती र कोशी प्रदेशका एक–दुई ठाँउमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान छ । बर्षा भएसगै कृषकहरु मकै रोप्न तयार हुने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *