प्रधामन्त्रीद्धारा दार्मा गाउँपालिकाको भवन उद्घाटन
प्रधामन्त्रीद्धारा दार्मा गाउँपालिकाको भवन उद्घाटन
सल्यान । सल्यानको दार्मा गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । भवन गाउँपालिका– ३ फारुलामा निर्माण भएको छ ।
भवन निर्माणको लागि रोयल कन्ट्रक्सन धनगढीले २०७९ साल असारमा कामको सम्झौता गरेको थियो । एक वर्षमा काम सक्ने गरि सम्झौता भएकोमा समयमै काम नसकिए पछि कामको म्याद थप गरेर सम्झौता भएको दुई बर्षमा नयाँ भवन निर्माणको काम सम्पन्न भएको हो ।
उक्त निर्माण कम्पनीले ४ करोड ६५ लाख ७ हजार ८४४ रुपैँयामा भवन निर्माणको जिम्मा लिएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । भवनमा २४ वटा प्रशासनिक काम संचालन हुने कोठा रहेका छन् । भवन साढे दुई तलाको निर्माण भएको उनको भनाइ छ । भवन निर्माण भएसंगै प्रशासनिक काम गर्न सहज हुने बताइएको छ । भवनमा हल र अन्य प्रयोजनको लागि प्रयोग गर्ने गरेर २६ कोठा रहेका छन् ।
गाउँपालिकाको पुरानो भवन प्रयाप्त नहुदा केहि शाखाहरु भाडाको घरमा सञ्चालन हुदै आएका थिए । गाउँपालिकाको पञ्जिकरण शाखा, रोजगार शाखा, स्टोर र स्वास्थ्यको स्टोर भाडाको घरमा सञ्चालन हुदै आएका थिए । अव भने सबै शाखाहरुले नयाँ भवनबाटै सेवा दिने छन् ।।