बिजयश्वरी सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कुलमा विभिन्न समितिहरु गठन

बिजयश्वरी सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कुलमा विभिन्न समितिहरु गठन

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा रहेको बिजयश्वरी सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कुलमा विभिन्न समितिहरु गठन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तरलाई माथि उकास्न र विद्यालयको हक हितको लागि काम गर्ने हेतुले विद्यालयमा विभिन्न समितिहरु निर्माण गरिएको हो ।

शनिबार हर्कबहादुर भण्डारीको अध्यक्षतामा भएको अभिभावक तथा शिक्षकहरुको संयुक्त भेलाले समितिहरु निर्माण गरेको विद्यालयका सुचना अधिकारी तथा भ्वाइस प्रिन्सिपल होमराज शाहीले जानकारी दिए । भेलाले दिपक पुनको संयोजकत्वमा सल्लाहकार समिति निर्माण गरिएको छ ।

जसको सदस्यहरुमा सागर मल्ल, कृपाराम ओली, कल्पना ओली कुवर, डम्बरबहादुर केसी, डम्बर नेपाली, यज्ञ परियार, हर्कबहादुर भण्डारी, सुर्यबहादुर गिरी, लेकमाया केसी, प्रशान्त ओली, शेरबहादुर ओली, टेकबहादुर बिसी, तुलासा घर्ती र मनोज खड्का चयन भएका छन् ।

त्यस्तै भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ । अध्यक्षमा तेजकुमार ओली रहनुभएको छ । त्यस्तै सदस्यमा नारायणी गौतम, जितेन्द्रराज केसी, सुनिता खड्का पाण्डे, मेनुका डाँगी, कर्मा गौतम, भुपेन्द्र केसी, होमराज शाही शिक्षक प्रतिनिधि र जयबहादुर थापा सदस्य सचिव चयन भएका छन् ।

तस्तै अनिता कुमाई भण्डारीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति पनि गठन गरिएको छ । सदस्यहरुमा सरिता पाण्डे केसी, शिशिर गौतम, थान बहादुर केसी स्थानीय शिक्षा प्रेमी, धनमाया नेपाली स्थानीय जन प्रतिनिधि, सार्कु प्रशाद लामिछाने शिक्षक प्रतिनिधि र जयबहादुर थापा सदस्य सचिव चयन हुनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *