रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नमुना युवा गाउँ सभा सम्पन्न

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नमुना युवा गाउँ सभा सम्पन्न

"0" Comments

रुकुम पश्चिम  । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नमुना युवा गाउँसभा अभ्यास भएको छ । गाउँपालिकाको आयोजना र राष्ट्रिय युवा परिषदको सहयोगमा २ गते देखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका सबै वडाका १६ वर्ष देखि २४ वर्ष उमेर समुहका युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाभरका ३६ जना युवा÷युवतिहरुको सहभागिता रहेको युवा परिषद रुकुम पश्चिमका अध्यक्ष भिमराज ओलीले जानकारी दिए । कार्यक्रमा गाउँसभा, रिडिङ् पेपर, निति तथा कार्यक्रम, बजेट प्रस्तुत, युवा निति लगायतको नमुना सभा मार्फत अभ्यास गरिएको उनको भनाई छ ।

त्यस्तै स्थानीयतहको योजना तर्जुमाका चरणहरु, गाउँसभा पदाधिकारीहरुको भुमिका, विधेयकहरु, निर्वाचन प्रक्रिया, सुचनाको हक, गाउँसभा संचालन कार्यबिधी निर्माण लगायत अभ्यास गरिएको हो ।

गाउँसभाको नमुना अभ्यासमा दिपेन्द्र ओली अध्यक्ष, उपाध्यक्षमा करिष्मा खड्का र प्रमुख प्रशासकीय अधिकृत (सचिब)को भुमिकामा टेकम डाँगी रहेका थिए । साथै कार्यक्रमबाट ११ सदस्यीय त्रिवेणी गाउँपालिका स्तरीय युवा क्लब संजाल पनि गठन गरिएको थियो ।

नमुना अभ्यास कार्यक्रममा नेपाल सरकारका उपसचिव तथा राष्ट्रिय युवा परिषद्मा कार्यरत कर्णबहादुर कवर र राष्ट्रिय युवा परिषद्का प्रशिक्षक राजेन्द्र अधिकारीले नुमना अभ्यासमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *