सिस्ने गाउँपालिकामा योगअभ्यास भवनको शिलान्यास
सिस्ने गाउँपालिकामा योगअभ्यास भवनको शिलान्यास

रुकुम पूर्व । रुकुम पूर्वमा योगअभ्यास भवन निर्माण हुने भएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ६ मा भवन निर्माण हुने भएको हो । आज गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष रेग्मीले पछिल्लो समय योग तथा ध्यानबाट मानव जगतमा धेरै कुराको परिर्वतन भएको बताए । मानसिक रुपमा र शारिरिक रुपमा पनि स्वस्थ रहन योग र ध्यानको महोत्वपुर्ण भुमिका रहने उनको भनाई थियो । सिस्ने गाउँपालिकामा योगअभ्यास भवन निर्माण हुनु राम्रो पक्ष रहेको उनले बताए ।
भवन निर्माणको लागि व्रहमाकुमारी सावित्रि गौतमले जग्गा उपलव्ध गराएकी हुन । सिस्ने गाउँपालिका– ६ बाहुनडेरामा बन्न लागेको भवन १० लाखमा निर्माण हुने व्रहमाकुमारी सावित्रि गौतमले जानकारी दिईन ।
व्रहमाकुमारी गिता न्यौपानेको अध्यक्षता भएको भवन शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी माधबप्रशाद शर्मा, जिल्ला प्रहरी प्रमुख डिएसपी माधव खरेल लगाएतको सहभागिता रहेको थियो ।