सीता एयर विमानको ठक्करबाट एक कर्मचारी घाइते

सीता एयर विमानको ठक्करबाट एक कर्मचारी घाइते

"0" Comments

मुगु  । मुगुको ताल्चामा अवस्थित रारा विमानस्थलमा विमानको ठक्करबाट एक जना कर्मचारी घाइते भएका छन् । नेपालगन्जको उडान भर्ने तयारी भएको सीता एयरको विमानले कर्मचारीलाई ठक्कर दिएको हो ।

सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाईते भएका हुन् । भाम विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेको अवस्थामा चालकहरुले बोलाएपछी विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

घाइते भामलाई सीता एयरकै विमानमार्फत् उपचारका लागि नेपालगन्ज लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *