भुकम्प प्रभावित क्षेत्रमा पुणःनिर्माणको सबै काम दुई बर्ष भित्र सकिन्छ : पुर्वमन्त्री शर्मा
भुकम्प प्रभावित क्षेत्रमा पुणःनिर्माणको सबै काम दुई बर्ष भित्र सकिन्छ : पुर्वमन्त्री शर्मा
रुकुम पश्चिम । पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भुकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम आसार १५ गते सम्म लाभग्राहीको खातामा हाल्न आग्रह गरेका छन् । जिल्ला विपत व्यवस्थापन समितिको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य शर्माले छिटो भन्दा छिटो सबै प्रक्रिया पुर्याएर दोस्रो किस्ताको रकम भुकम्प पिडितहरुलाई भुक्तानि दिन आग्रह गरेका हुन् ।
पालिकाहरुले अस्थायी आवास निर्माण भए नभएको, पहिलो किस्ता पाए नपाएको तत्काल अनुगमण गरि सो विवरण जिल्ला विपत व्यवस्थापन समितिमा पठाउन उनको आग्रह थियो । ‘भुकम्प प्रभावित क्षेत्रमा कति अस्थायी आवास निर्माण भएका छन्, कस्ता खालका स्थायी आवास निर्माण भएका छन्, तत्काल अनुगमण गर्नुहोस ।’, शर्माले भने ।
यो बर्ष जिल्ला विपत व्यवस्थापनमा आएको ४० करोड वितरण गरिसक्ने र १५ गते सम्म नपुगेको रकम माग गर्नु पर्ने उनको भनाई थियो । यो आर्थिक वर्षमा अस्थायी आवासको रकम भुक्त्तानि नभएमा अर्को आर्थिक बर्षमा रकम माग गर्न र निकासा गर्ने समस्या हुने उनको भनाई छ ।
त्यस्तै उनले भुकम्प पछि आउने विपतबाट बच्न प्रतिकार्यको योजना बनाउन पनि अनुरोध गरेका छन् । ‘भुकम्पका कारण सबै ठाउँमा जमिनमा धाजा फाटेको छ, पहिरोको जोखिम छ, राजमार्गहरु अवरुद्ध हुने जोखिम छन्, यस्ता बिषयमा पनि जिल्ला विपत व्यवस्थापन समिति, स्थानीय विपत व्यवस्थापन समिति र प्रकोपको क्षेत्रमा काम गर्ने संस्थाहरुले पनि तयारी गर्न अनुरोध गर्दछु ।’, शर्माले भने ।
दुई बर्ष भित्र जिल्लामा भुकम्पले क्षेती गरेको क्षेत्रमा पुणःनिर्माणको काम सक्ने गरि काम गरिने उनको भनाई थियो । ‘कार्यविधि निर्माण भैसकेको छ, यहि कार्यविधिको आधारमा हामि पुणःनिर्माणको काम गर्ने हो, सरकारले ५ लाख अनुदान दिन्छ त्यो रकमले घर निर्माण गर्ने हो ।’, उनले भने । घर, अन्य भवन सबै दुई बर्ष भित्रै निर्माण गरिसक्ने उनको भनाइ थियो ।।

Một điểm cộng lớn của cricfy tv live match là hỗ trợ tốt trên điện thoại nên chơi mọi lúc đều rất tiện lợi. TONY09-18