आठविसकोटमा ट्याक्टर दुर्घटना, एक घाइते

आठविसकोटमा ट्याक्टर दुर्घटना, एक घाइते

"0" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोटमा ट्याक्टर दुर्घटना हुदा एक जना घाइते भएका छ्न । आज दिउँसो १ बजे राडिबजारबाट नगरपालिकाको १ नम्वर वडातर्फ जाँदै गरेको रा १ त ५०२४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परि कालिकोटको पताला गाउँपालिका ५ बस्ने ४५ वर्षिय धनुमाल बिक घाईते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज पोखरेलले जानकारी दिए ।

उनको छाति र दाहिने कोखामा चोट लागेको र वडा नम्वर २ स्थित स्याला स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । वडा नम्वर १ तर्फ जाने भित्रि सडकमा दुर्घटना भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

उक्त ट्याक्टरमा ५ जना सवार रहेको र अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *