मुसिकोट नगरपालिका– १२ मा ५० जना आमालाई सुत्केरी स्याहार खर्च
मुसिकोट नगरपालिका– १२ मा ५० जना आमालाई सुत्केरी स्याहार खर्च

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १२ मा ५० जना सुत्केरीले स्याहार खर्च पाएका छन् । वडा अध्यक्ष धिरन सिर्पालीले आफु निर्वाचित हुदा वडामा सुत्केरी आमाहरुलाई सुत्केरी स्याहार खर्च उपलव्ध गराउने घोषणा गरेका थिए । सोहि घोषणा अनुसार सुत्केरी आमाको घरमै पुगेर उनले सुत्केरी स्याहार खर्च उपलव्ध गराउदै आएका छन् ।
वडा अध्यक्षको हैसियतमा राज्यबाट पाउने सेवा सुविधाको रकमबाट नै सुत्केरी भएका आमाहरुलाई सुत्केरी स्याहार खर्च उपलव्ध गराउने गरेको उनको भनाई छ । ‘म वडा अध्यक्षमा निर्वाचित हुदा नै मैले वडामा रहेका सुत्केरी आमाहरुलाई सुत्केरी स्याहार खर्च दिने घोषणा गरेको थिए, मैले राज्यबाट पाउने सेवा सुविधको रकमबाट उहाँहरुको घरमै पुगेर सुत्केरी स्याहार खर्च उपलव्ध गराउने गरेको छु ।’, वडा अध्यक्ष सिर्पालीले भने ।
सुत्केरी स्याहार खर्च स्वरुप एक जनालाई ५ हजार रुपैंया दिने गरिएको छ । आमा र बच्चाको स्वास्थ्य, पोषणमा थोरै सहयोग पुगोस भनेर उक्त रकम हस्तान्तरण गर्ने गरिएको हो । वडामा ५० आमालाई सुत्केरी स्याहार खर्चमा अहिले सम्म १ लाख ५० हजार रकम वितरण गरिएको वडा अध्यक्ष सिर्पालीले बताए ।
सुत्केरी स्याहार खर्च पाए पछि पोषिलो खानेकुरा किन्न, बच्चाको लागि आवश्यक न्यानो कपडा किन्न सहयोग भएको नयाँगाउँकी करिस्मा केसीले बताईन ।।