नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको स्मारिका विमोचन

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको स्मारिका विमोचन

"0" Comments

रुकुम पश्चिम  । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले आज स्मारिका विमोचन गरेको छ । मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले महासंघले प्रकाशनमा ल्याएको स्मारिका विमोचन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले तिन वर्षको अवधिमा रहेका विभिन्न गतिविधि, रुकुमको पत्रकारीताको इतिहास, जिल्लामा रहेका सञ्चार माध्यामको अवस्था, विगतमा पत्रकारीतामा भए गरेका गथिविधि र पत्रकार, अन्य सरोकारवालाहरुको धारणा स्मारिकामा समेटीएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी गराए ।

स्मारिका विमोचन गर्दै नगर प्रमुख महेन्द्र केसीले नगरपालिकाले नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखासंग सहकार्य गरेर विभिन्न कार्यक्रम गरेको बताएका छन् । ‘महासंघले जिल्लामा रहेका सञ्चार माध्याम, सञ्चारकर्मीहरुसंग नगरपालिकाको सहकार्यको विषयमा राम्रो भुमिका खेलेको छ, हामिले पनि जिल्ला शाखाको कारण जिल्लामा रहेका मिडियामा नगरपालिकामा गतिविधिहरुको प्रचार गर्न सहज महसुस गरेका छौ ।’, नगर प्रमुख केसीले भने ।

रुकुम पश्चिम शाखाले गरेका गतिविधि सहितको स्मारिका प्रकाशन गर्नु सह्रानिय पक्ष भएको उनको भनाई थियो । नगरपालिकाको तर्फबाट पत्रकार महासंघ शाखालाई सहयोग गर्दै आएको र आवश्कता परेमा आगामि दिनहरुमा पनि नगरपालिका सहयोग गर्न तयार रहेको उनले बताए ।

विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको सहयोगमा ५ सय प्रति स्मारिका प्रकाशन गरिएको पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार ५ सय प्रति स्मारिका छपाईमा करिव १ लाख रुपैयाँ खर्च लागेको छ ।

स्मारिकामा पत्रकार महासंघ शाखाले गरेका विभिन्न गतिविधि, पत्रकार तथा अन्य व्यक्तिहरुको लेख, २०६० सालदेखि हालसम्म शाखाम आवद्ध कार्यसमिति, जिल्लामा सञ्चालनमा रहेका रेडियो, अनलाइन, क्रियाशिल पत्रकारहरुको विवरण, सरकारी कार्यालयहरुको सूचना तथा विज्ञापन समेत स्मारिकामा समेटिएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *