एमाले भुमे गाउँपालिकाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

एमाले भुमे गाउँपालिकाको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

"0" Comments

रुकुम पूर्व  । नेकपा एमाले रुकुम पूर्वले भुमे गाउँपालिकामा दोस्रो पालिका अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका र पुगाउत्तरगंगा गाउँपालिकाको पालिका अधिवेशन सकाएको एमाले रुकुम पूर्वले भुमेमा पनि पालिका अधिवेशन गरेको हो ।

दोस्रो अधिवेशनबाट नयाँ पालिका कमिटि निर्वाचित भएको एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष लिलामणि गौतमले जानकारी दिए । धन कुमार पुनमगरको अध्यक्षतामा ३५ सदस्यीय नयाँ पालिका कमिटि निर्वाचित भएको उनको भनाई छ ।

जसको उपाध्यइामा नरप्रशाद सुनार, सचिवमा दयाधन घर्तीमगर, उप सचिवमा विजय बुढामगर र ढाटी बुढामगर निर्वाचित भएका छन् । योसंगै जिल्लामा रहेका सबै पालिकाहरुको अधिवेशन सकिएको एमाले रुकुम पूर्वले जनाएको छ । अव पाटीले जिल्लाको सबै वडाको वडा अधिवेशन गर्ने बताइएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *