रुकुम पश्चिममा खाद्य, स्वच्छता तथा गुणस्तर सम्वन्धि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा खाद्य, स्वच्छता तथा गुणस्तर सम्वन्धि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिम । रुकुम पश्चिममा खाद्य, स्वच्छता तथा गुणस्तर सम्वन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज उद्याग वाणिज्य संघ रुकुमको समन्वय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा खाद्य, स्वच्छता तथा गुणस्तरको विषयमा विभिन्न ३ वटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । पदम बरालले खाद्य, स्वच्छता तथा गुणस्तरको विषयमा कानुनमा भएका विषयका बारेमा जानकारी दिएका थिए उनले विभिन्न समयमा बनेका कार्यविधि, कानुन र नियमावलिको विषयमा जानकारी गराएका हुन् ।
त्यस्तै खाद्य निरिक्षक विवेक कुमार सुवेदीले खाद्य व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तरको विषयमा सहभागिहरुलाई जानकारी दिए । उनले खाद्य स्वच्छता र गुणस्तरको विषयमा जानकारी दिएका हुन् । खाद्य स्वच्छता र गुणस्तरको फरकको विषयमा पनि सहभागिलाई जानकारी गराइएको हो ।
उनका अनुसार बजारमा पाईने खाद्य बस्तुमा कस्ता किसिमका अखाद्य बस्तु मिसिएका हुन्छन्, खाजाघरहरुमा खाजामा मिसाएका अखाद्य बस्तुहरुको बारेमा पनि सहभागिहरुलाई जानकारी गराइएको हो । त्यस्तै खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख डा.क्षितिज श्रेष्ठले खाद्य स्वच्छता, खाद्य गुण नियन्त्रण तथा नियमन सम्वन्धि जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले उपभोक्ता सचेत भए बजारमा सुधार आउने बताए । हामिले प्रयोग गर्ने खाद्य पर्दाथमा कस्ता खालमा अखाद्य बस्तुहरु मिसाउट भएको छ भन्ने कुरामा सानो भए पनि ज्ञाण हुनु पर्ने उनको भनाई थियो ।
उनका अनुसार बजारको अवस्था सुधारको लागि सबै सरोकारवालाहरुले पनि आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने बताए । बजार अनुगमण र कार्वाही गर्ने विषयमा सम्वन्धित निकायले तदारुकता देखाउनु पर्ने उनको जोड थियो ।।