रिकन्डिशन अटो व्यवसायी संघको कर्णाली प्रदेश समिती गठन
रिकन्डिशन अटो व्यवसायी संघको कर्णाली प्रदेश समिती गठन

रुकुम पश्चिम । नेपाल रिकन्डिशन अटो व्यवसायी संघको कर्णाली प्रदेश कार्यसमिती गठन गरिएको छ । विरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित प्रदेश स्तरिय भेलाबाट प्रकाश कुमार शाहीको संयोजकत्वमा १ जना पछी थप्नेगरी ७ सदस्सिय समिति सर्वसम्मत निर्वाचित गरिएको हो ।
केन्द्रिय उपाध्यक्ष प्रविण लामिछाने र सह-कोषध्यक्ष रोजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेश अध्यक्ष महेश रावलको विशेष उपस्थितीमा गठन गरिएको कर्णाली प्रदेश समितिको सह–संयोजकमा शंकर भण्डारी, सचिवमा ओम खड्का, कोषध्यक्षमा तिर्थ बोगटी र सदस्यहरुमा ईन्द्र थापा तथा रिजुवान शाही रहेको गण्डकी प्रदेश अध्यक्ष रावलले बताए । यसका साथै उपेन्द्र शाही र दिपेन्द्र कुमार खड्कालाई सल्लाहकारका रुपमा चयन गरिएको रावलको भनाइ छ ।
अटो रिकण्डिशन व्यवसायलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यका साथ गठन गरिएको यो संघको धनगढीमा आयोजित भेलाबाट सुदुरपश्चिम प्रदेश समिति पनि आजै गठन गरिएको बताइएको छ । हरी रावतको संयोजकत्वमा ७ सदस्सिय सुदुरपश्चिम प्रदेश समिति गठन गरिएको हो ।