रेठाबोटगाउँ पहिरोको जोखिममा
रेठाबोटगाउँ पहिरोको जोखिममा
रुकुम पश्चिम । अबिरल बर्षाका कारण पहिरो जाँदा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ नम्बर वडाको एक गाउँ नै उच्च जोखिममा परेको छ । रातीदेखि लगातार परिरहेको बर्षाका कारण नगरपालिका ११ नम्बर वडाको रिठाबोटको बस्ती नै उच्च जोखिममा परेको हो ।
निरन्तर बगिरहेको पहिराेको कारण स्थानीय कर्ण बहादुर खत्री, बिर बहादुरे खत्री, दल बहादुर खत्री, तेज बहादुर खत्री र राम बहादुर खत्रीको घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय बिनोद केसीले दिए । बर्षा नरोकिएको र पहिरो गइरहेको कारण गाउँ नै त्रसित रहेको बताइएको छ भने अहिले स्थानीय जनप्रतिनीधि र प्रहरीको संयुक्त टोली पहिरोको अनुगमन गर्न घटनास्थल पुगेको छ ।
पहिरोबाट भाैतिक संरचनामा क्षति नभए पनि पहिराेका कारण बस्ती नै उच्च जाेखिमा रहेकाे र घरहरुमा बस्नै नमिल्ने भएको सचीव धनकुमार शाहीले जानकारी दिए ।