एमाले रुकुम पूर्वद्धारा विपद् प्रतिकार्य टिम निर्माण
एमाले रुकुम पूर्वद्धारा विपद् प्रतिकार्य टिम निर्माण
रुकुम पूर्व । नेकपा एमाले रुकुम पूर्वले विपद् प्रतिकार्य टिम निर्माण गरेको छ । एमाले रुकुम पूर्वले जिल्ला र पालिका स्तरिय विपद प्रतिकार्य टिम निर्माण गरेको जिल्ला अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।
जोखिम न्यूनीकरण र विपद् संग संम्वन्धित अन्य आवश्यक समन्वय र सहजिकरणको लागी जिल्ला र पालिका स्तरमा पालिका अध्यक्षको कमाण्डमा संम्यन्त्र निर्माण गरिएको उनको भनाई छ । राहत तथा उद्दार र अन्य विपद्जन्य सुचना र सहयोगको लागि पालिका अध्यक्षहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।।