सिस्ने गाउँपालिकामा नगर प्रहरी
सिस्ने गाउँपालिकामा नगर प्रहरी
रुकुम पुर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नगर प्रहरी नियुक्ति गरेको छ । सिस्ने गाउँपालिका नगर प्रहरी नियुक्ति गर्ने पहिलो पालिका हो । गाउँपालिकाले प्रहरी सहायक निरिक्षक एक जना सहित तिन जना नगर प्रहरी भर्ती गरेको छ ।
नगरप्रहरीको लागि आवेदन खुलाएर सवै प्रक्रिया पुरा गरेर आज अन्तिम नतिजा निकालेको सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए । उनका अुनसार एक जना महिला जवान र दुइ जना पुरुष जवानलाई नगर प्रहरीमा भर्ती गरिएको हो ।
नगर प्रहरी सायक निरिक्षकमा शेरबहादुर केसी र महिला जवानमा संगिता बुढाथोकी र पुरुष जवानमा सुनिल बोहोरा र दिलिप नेपाली नियुक्त भएका हुन । नगर प्रहरीमा नियुक्त भएकाहरुले तालिम लिने गाउँपालिकाले जनाएको छ ।।