बाँफिकोट– २ मा पालिएका मौरीमा अरिङ्गालको आतङ्क
बाँफिकोट– २ मा पालिएका मौरीमा अरिङ्गालको आतङ्क

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ मा पालिएका मौरीमा अरिङ्गालले क्षेती पुर्याउन थालेको छ । वडाको थारकाट्ने, भलाचौर र जिपुमा पालिएका मौरीमा अरिङ्गालले क्षेती गर्न थालेको हो ।
मौरीपालक किसान प्रजित गौतमको ३७ वटा घारमा रहेका मौरीमा अरिङ्गालले क्षेति गरेको बताए । ‘घार भित्रै पसेर मौरी लिने गरेको छ, घरको एक जनालाई दिनभर मौरीको हेरालो बस्नु पर्ने बाध्यता रहेको छ, यसरी अरिङ्गालले मौरीमा क्षेती गर्न थाल्यो भने त घारनै खालि हुने चिन्ता बढेको छ’, गौतमले भने ।
वडामा धेरै किसानले मौरी पालन गर्दै आएका छन् । गत बर्ष मह बचेर राम्रो आम्दानी गरेका किसान यो पटक अरिङ्गालले सताउदा भने चिन्तित भएका छन् । ‘अरिङ्गालबाट मौरी कसरी बचाउने भन्ने चिन्ता बढेको छ, हामिले मौरी जोगाउन हरेक उपाय गरिसकेका छौ, अरिङ्गालबाट मौरी कसरी बचाउने हो’, अर्का किसान बिरबहादुर केसीले बताए।
रातो अरिङ्गालले मौरी खाने गरेको छ । दिउँसो मौरी चर्न जाने बेलामा अरिङ्गालले धेरै क्षेती गर्ने गरेको किसानहरुको गुनासो छ । बाँफिकोट गाउँपालिका– २ मा धेरै चिउरी हुने भएकाले पनि यो वडा मौरी पालनको लागि निकै उपयुक्त ठाउँ मानिन्छ ।।