समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमद्धारा बृक्षारोपण
समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमद्धारा बृक्षारोपण

रुकुम । समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले बृक्षारोपण गरेको छ । सामाजिक क्रियाकलाप अन्तरगत आज मध्यपहाडी लोकमार्गको शेरीगाउँ–भण्डारीकाडा खण्डमा बृक्षारोपन गरिएको हो ।
मोर्चाका जिल्ला सचिवालय सदस्य एवं नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र सीको नेतृत्वमा मध्यपहाडी लोकमार्गको छेउँमा बृक्षारोपण गरिएको समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिए ।
हरियाली प्रवर्द्धन हुने खालका इपिलिपि, रिठ्ठा, बकाइनोलगायतका प्रजातिका विरुवाहरु रोपिएको उनको भनाई छ । आज रोपिएका विरुवाहरु डिभिजन बन कार्यालयबाट पलव्ध भएको उनको भनाई छ ।
आज रोपिएका विरुवाहरुको नियमित हेरचाह र दीगो संरक्षणको लागि हामी सम्बन्धित सरकारी तथा गैर सरकारी निकाय र आम जनसमुदायको एक विज्ञप्ती मार्फत ध्यानाकर्षण पनि गराइएको छ ।
बृक्षारोपण कार्यक्रममा संस्थागत तथा व्यक्तिगत रुपमा सहभागी हुनुहुने अखिल क्रान्तिकारी, अखिल (समाजवादी)सहित मोर्चाका नेताहरु, मोर्चा आवद्ध राजनैतिक दलका कार्यकर्ताहरु, सर्वसाधारण जनसमुदाय र विरुवा उपलब्ध गराइदिने डिभिजन वन कार्यालय रुकुम पश्चिमलाई धन्यवाद ज्ञापन पनि गरिएको छ ।।