तिलचाखोला र पुमाखोलाले यातायातका साधन रोक्यो
तिलचाखोला र पुमाखोलाले यातायातका साधन रोक्यो
रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ र २ तथा सिस्ने गाउँपालिका ३ मा यातायातका साधनहरु ठप्प भएका छन् । फलामेगौडा, पिपल, पोखरा सडकखण्ड अन्तरगत तिलिचाखोला र पुमाखोलामा पानीको बहाव बढेसंगै यातायात ठप्प भएका हुन् ।
‘पानि परेसंगै दुवै खोलामा पानीको बहाव बढेको छ, पिपल पोखरा चल्ने सबै सावारी साधन चल्न सकेका छैनन्, जिल्ला सदरमुकाम खंलगा जान निकै समस्या भएको छ’, स्थानीय यामबहादुर खत्रीले भने । उक्त सडकखण्डमा साना सवारी साधन जिप र हाईस चल्ने गर्छन् । तिलचाखोलामा पानीको बहाव बढे पनि स्यार्पु झिर्मुको बैकल्पिक सडक भए पनि पुमाखोलामा भने बैकल्पिक सडक छैन् ।
बाँफिकोट गाउँपालिका– १ र २ का स्थानीय रुकुम पूर्वको सिस्ने गाउँपालिका ७ सिस्नेरी र ८ को धपेबाट सवारी साधन चढ्ने गरेका छन् । खोलाको कारण सवारी साधन नचल्दा दैनिक उपभोग्य सामान ढुवानिमा समस्या भएको लालबहादुर केसीले बताए । भनेको समयमा दैनिक उपभोग्यका सामान ढुवानिमा समस्या भएको उनको भनाई छ ।
तिलचाखोलाले जिपु सम्म जाने सावारी साधन र पुमाखोलाले पालाकोट, पाङ्गा पोखरा सम्म संचालन हुने सवारी साधन रोक्ने गरेको छ । पाङ्गा पोखराका सर्वसाधरणहरु खंलगा आउन रुकुमकोट हुदै मध्यपहाडी लोकमार्ग प्रयोग गर्ने गरेका छन् । दुवै खोलामा पक्किपुल नहुदा प्रत्यक बर्षको बर्खा सिजनमा यात्रुले दुख पाउने गरेका छन् ।।