भुमे गाउँपालिकाले एसईई उत्तीर्ण विद्यालर्थीलाई निशुल्क कम्युटर पढाउने
भुमे गाउँपालिकाले एसईई उत्तीर्ण विद्यालर्थीलाई निशुल्क कम्युटर पढाउने
रुकुम । रुकुम पूर्वको भुमे गाउँपालिकाले गाउँपालिकामा एसईई उत्तीर्ण भएका विद्यालर्थीहरुलाई निशुल्क आधारधुत कम्युटर कक्षा संचालन गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रमअनुसार एसईई. उत्तीर्ण विद्यार्थीहरुका लागि निःशुल्क आधारभूत कम्प्युटर कक्षा सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाले एक सुचना प्रकाशन गर्दै गाउँपालिका भित्रका इच्छुक विद्यार्थीहरुले तोकिएको समयभित्र आवश्यक कागजात सहित यस गाउँकार्यपालिको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन अनुरोध पनि गरेको छ ।
नेपाली नागरिकता वा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि, एसईई उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, पार्सपोर्ट साइजको फोटो २ प्रति र यक्तिगत निवेदन सहितको कागजात पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ । कक्षाहरु भदौ ५ गते देखि संचालन हुने गाउँपालिकाले जनाएको छ । भूमे गाउँपालिकाको शैक्षिक तालिम केन्द्रहल खाबाडबगरमा कक्षाहरु संचालन हुने पनि गाउँपालिकाले जानकारी गराएको हो ।