तिन बर्ष देखि छेडाचौरमा रातभर यात्रुहरु जागाराम बस्नु पर्ने बाध्यता

तिन बर्ष देखि छेडाचौरमा रातभर यात्रुहरु जागाराम बस्नु पर्ने बाध्यता

"0" Comments

जाजरकोट । जाजरकोटमा करिब ३ वर्ष यता छेडाचौरमा गाडी रोक्दा नागरिकले सास्ती खेप्दै आएका छन् । नागरिकको सुरक्षाका लागि राति ९ बजेबाट जिल्ला प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले गत २०७८ चैतबाट जाजरकोट भित्रने गाडीलाई राति ९ बजेबाट प्रतिबन्ध लगाएको हो ।

अहिले राति ९ बजेबाट कुनै सवारी साधन जिल्ला प्रवेश गर्न पाउदैनन् । यातायतका साधन रातिमा दुर्घटना बढ्ने भएकोले यहाँको प्रशासनले सवारी आगमनलाई प्रतिबन्द लगाएको छ । प्रशासनले गरेको निर्णयले यात्रुहरुलाई सास्ति भएको छ । जिल्ला भित्रने नागरिक छेडाचौरमा रातभरी जाग्राम बस्नुपर्ने बाध्यता रहेको हरिप्रशाद चन्दले बताए ।

कुनै समय सवारी साधनले गल्ती गर्दा अहिले हजारौँ यात्रुले सास्ती खेप्दै आएको भेरी नगरपालिका ४ का लोकेन्द्र शाहीले बताए । ‘बेलुकाको खाना खाउ भने पनि सवारी साधन खाना खाने समयमा होटल सम्म पनि पुग्दैनन् । न सुत्न पाईन्छ, न खान पाईन्छ, प्रशासनको एउटा निर्णयले निकै सास्ति भएको छ ।’, शाहीले भने ।

२०७८ मंसिर १२ गते भेरी नगरपालिका बराहचौर नजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । भने २७ जना घाइते भएका थिए । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौक नजिक दुर्घटना भएको थियो । सो घटना लगतै जिल्ला सुरक्षा समितिको बैठकले सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला प्रवेशमा रोक लगाएको हो ।

तत्कालिन प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मधुकुमार थापाको पालादेखि प्रहरीले छेडाचौरमा सवारी साधन जिल्ला प्रवेशमा रोक लगाएको थियो । रातिको समय कतै तत्काल दुर्घटना भइहाले उद्दारको लागि समस्या हुने भन्दै जिल्ला सुरक्षा समितिले सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

निर्णय भए पश्चात कुनै गुनासो नआएका कारण हालसम्म कार्यान्वयन हुँदै आएको प्रशासन स्रोतको भनाइ छ । छेडाचौरबाट भित्रिने सबै सवारी साधन राती ९ बजेदेखि बिहान ५ बजेसम्म होल्ड गर्दै आएको जाजरकोट प्रहरीले जनाएको छ । गृह मनत्रालयले बर्खाको समयमा राति सवारी साधन नचलाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *