जाजरकोटमा प्रि-फ्याप प्यानलका भुकम्प प्रतिरोधी संरचना बनाईदैं ((भिडियो)
जाजरकोटमा प्रि-फ्याप प्यानलका भुकम्प प्रतिरोधी संरचना बनाईदैं ((भिडियो)
रुकुम पश्चिम । गत कार्तिक १७ गते राती गएको भुकम्पका कारण घरबास बिहिन भएका जाजरकोटका सर्वसाधारणले साउथ कोरियन प्रविधीको प्यानल घर निर्माण गर्न थालेका छन् । कम लागतमा, छिटो–छरितो र सुरक्षित घर बाउन सकिने भएकाले यसप्रकारको घर बनाउन सुरु गरिएको हो ।
साउथ कोरियन मेनिफ्याक्चरिङ कम्पनीले २०७२ सालको भुकम्प पश्चात नेपालमा एस.वाई. प्यानल कम्पनीका प्रि फ्याप प्यानल निर्माण थालेको जानकारी दिदै निर्देशक शशी शाहले अब जाजरकोटमा पनि यसको प्रयोग बढाउनुपर्ने कुरामा जोड दिए । ‘भुकम्पीय सुरक्षामा प्रि फ्याप प्रविधी निकै भरपर्दो र सुरक्षित हो । यसकारण हामीले जाजरकोटमा यसलाई भित्र्याएका छौ’ उनले भने ।
यसको गुणस्तर र आकारबारे जानकारी दिन जाजरकोटको जिल्ला सदरमुकाम खलंगा स्थित बोहरामा दुई कोठाको नमुना घर पनि बनाईएको निर्देशक शाहले बताए । यो घर बनाईएपछी स्थानियले प्रत्यक्ष अवलोकन गरिरहेकाले यसको माग बढ्ने आशा गरिएको उनको भनाइ छ ।
गत पुसदेखी जाजरकोटमा एस.वाई. प्यानलले घर लगाएतका संरचना निर्माणका लागी आफ्नो आधिकारिक विक्रेता नै तोकेर काम सुरु गरेको जेकेटी ग्रुपका प्रवन्धक दलबहादुर शाहले बताए ।
‘अहिलेसम्म भेरी नगरपालिका–२ रिसाङमा ४ कोठाको विद्यालय भवन, किडाक नेपालको सहयोगमा ४ वटा महिलामैत्री भवन र १ वटा निजी निवास निर्माण गरिएको छ ।’ उनले भने, ‘यसबाहेक एस.वाई. प्यानलको घर बनाउनका लागी धेरैले ईच्छा गर्नुभएको छ ।’
यसरी कम लागतमा छिटो–छरितो तरिकाले घर बनाउन पाएकोमा जाजरकोट खलंगाकी नम्रता शाहले खुसी व्यक्त गरिन् । ‘भुकम्प पहिल्यै यस्तो थाहा पाएर यही प्रविधीको घर बनाएको भए क्षती हुन्थेन जस्तो लाग्यो ।’ उनले भनिन्, ‘एसवाई प्यानलको घर बनाएपछी अहिले भने ढुक्क छ ।’
कम्तिमा ५ सय स्क्वायर फिटमा करिब १८ देखी २० लाख सम्मको लगानीमा एक तला र चार कोठाको सुरक्षित घर बनाउन सकिने एस.वाई. प्यानलले बताएको छ ।
भिडियोः https://fb.watch/u5jMsix-VH/