रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा केशन कुमार क्षेत्रीयाल
रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा केशन कुमार क्षेत्रीयाल
रुकुम । रुकुमेली समाज विकास केन्द्रको अध्यक्षमा केसनकुमार क्षेत्रीयाल चयन भएका छन् । सोमबार सम्पन्न १९ औं बार्षिक साधारणसभा तथा ८ औं अधिवेशनले क्षेत्रीयाललाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा शुसिला शर्मा दाहाल, सचिवमा प्रविर ददेल, कोषाध्यक्ष खिमसरा पुन चयन भएको संस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिए । सदस्यहरुमा कमल कुमार शाह, टेक बहादुर बिक, दशरथ नेपाली, रन्जना बिक र राम बहादुर पुन चयन भएका छन् ।
संस्थाका अध्यक्ष नर बहादुर लम्सालको अध्यक्षतामा भएको अधिवेशनमा मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसी प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।