लैंगिकतामा आधारित हिंसा रोकथाम प्रतिकार्यको लागि क्षमता विकास तालिम सुरु

लैंगिकतामा आधारित हिंसा रोकथाम प्रतिकार्यको लागि क्षमता विकास तालिम सुरु

"0" Comments

रुकुम । रुकुम पश्चिममा एकिकृत पुनर्लाभ कार्ययोजना अन्तरगत लैंगिकतामा आधारित हिंसा रोकथाम प्रतिकार्यको लागि स्थानीय सरोकारवाला र सेवा प्रदायकहरुको लागि क्षमता विकास तालिम सुरु भएको छ । महिला पुनस्थापना केन्द्र (ओरेक)को आयोजनामा दुई दिने तालिम सुरु भएको हो ।

तालिममा लैंगिक समानता र समावेशिकरणकाका अवधारणा, लैगिंक विभेदमा आधारित हिंसा, प्रकार र असरहरुका साथै विपतमा लैंगिकताको सवालको बारेमा छलफल हुने छ । त्यस्तै मानविय सहायतामा महिला सञ्जाल र समुहहरुको भुमिका तथा सुरक्षा र संरक्षण समितिको भुमिका, लैंगिक हिंसाको घटना सिफारिस निकायहरु तथा सहायताको विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ ।

त्यस्तै लंैगिक हिंसाको निवारण कोष कार्यविधि–२०७६ विषयमा छलफल, संविधानमा भएका प्रवधान, पालिकाहरुमा लैंगिक हिंसा निवारण कोष कार्यविधिको कार्यन्वयनको अवस्थाको बारेमा पनि छलफल गरिने छ । स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कन अन्तरगतका लैंगिक विभेदमा आधारित हिंसा सम्वन्धि सुचकहरुमा समुहमा छलफल हुनेछ ।

तालिममा जिल्ला समन्वय समिति, जिल्लाको मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका न्यायिक समितिका संयोजक, महिला, बालबालिका तथा जेष्ट नागरिक शाखाका प्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण ओरेकको सचिव संगिता अधिकारीले गरिरहेकी छिन् ।

महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष व्युझना पुन देवकोटाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा जिसस प्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिका उप–प्रमुख विमलकुमार पुन, चौरजहारी नगरपालिका उप–प्रमुख ईश्वरी शर्मा विएम, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको विषेश आतिथ्यता रहेको थियो । उद्घाटन सत्रको संचालन ओरेक नेपालकी जिल्ला कार्यक्रम लक्ष्मि निरौलाले गरेकी हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *