सिस्ने गाउँपालिकामा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सुरु
सिस्ने गाउँपालिकामा कुकुरहरुलाई रेविज विरुद्धको खोप अभियान सुरु
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कुकुरलाई रेविज विरुद्धको खोप लगाउन सुरु गरिएको छ । १८ औं विश्व रेविज दिवसको अवसरमा सिस्ने गाउँपालिका ५ र ६ नम्वर वडामा रहेका कुकुरहरुलाई खोप लगाइएको हो ।
सिस्ने गाउँपालिकाको आयोजना, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा दुई वटा वडाका ३१ वटा कुकुरलाई खोप लगाइएको छ । ६ गतेबाट गाउँपालिकाभर रहेका कुकुरहरुलाई खोप लगाउने अभियान थालिएको हो । १२ गते सम्म पालिकाका सबै वडामा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइने सिस्ने गाउँपालिका पशु शाखा प्रमुख भिमबहादुर झाक्री मगरले बताए ।
आज सिस्ने गाउँपालिका ५ र ६ मा खोप लगाइएकोमा भोली वडा नम्वर २ को प्वाङमा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइने छ । प्रत्यक बर्ष पालिकामा कुकुरहरुलाई रेविज विरुद्धको खोप दिईदै आएको शाखा प्रमुख झाक्री मगरले बताए । विषेश गरेर छाडा कुकुरहरुलाई मध्य नजर गर्दै यो खोप अभियान थालिएको हो ।