साखमा कुकुरलाइ रेविज विरुद्धको खोप लगाइयो

साखमा कुकुरलाइ रेविज विरुद्धको खोप लगाइयो

"0" Comments

रुकुम । रेविज दिवसको अवसरमा आज मुसिकोट नगरपालिका– ७ मा घरपालुवा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ । मुसिकोट नगरपालिका पशु सेवा शाखाको आयोजना, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम र पशु रोग अन्वेषण केन्द्र सुर्खेतको समन्वयमा तिन वटा वडाका कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको हो ।

वडा नम्वर ७ को साखदहमा वडा नम्वर ६, ७ र ८ का ६० वटा कुकुरलाई खोप दिइएको मुसिकोट नगरपालिका पशु शाखा प्राविधिक शिवराज महताराले जानकारी दिए । रेविज दिवसको अवसरमा सुरु भएको खोप अभियान अन्तरगत आज साखमा खोप लगाइएको हो । यो अभियान अन्तरगत छुटेको ठाउँमा पनि मुसिकोट नगरपालिका पशु सेवा शाखाले खोप अभियान चलाउने प्राविधिक महताराले जानकारी दिए ।

साथै पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम र पशु रोग अन्वेषण केन्द्र सुर्खेतको टोलीले रेविजको विषयमा स्थानीयहरुलाई जानकारी गराएको थियो । अभियानमा नगर पशु सेवा साखा, पशु अस्पताल तथा पशु सेवा कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम र पशु रोग अन्वेषण केन्द्र सुर्खेतको टोलीको सहभागिता रहेको थियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *