रुकुमेली समाज विकास केन्द्रद्धारा ६ वटा परियोजना सञ्चालन
रुकुमेली समाज विकास केन्द्रद्धारा ६ वटा परियोजना सञ्चालन
रुकुम । रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटमा ६ वटा परियोजना सञ्चालन गरिरहेको छ । संस्थाले पोषण, मातृ तथा नवशिशु स्वास्थ्य, शिक्षा र वासमा काम गर्ने गरि तिन वटा जिल्लामा परियोजनाहरु संचालन गरेको हो ।
संस्थाले रुकुम पश्चिम र पुर्वमा सुआहारा कार्यक्रम, रुकुम पश्चिममा स्थानीय सरकारको साझेदारीमा मातृ तथा नबजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण कार्यक्रम, जाजरकोटका २ वटा पालिका र रुकुम पश्चिमका ६ वटै पालिकामा भुकम्प प्रभावित बालबालिकाहरुको लागि सिकाइ निरन्तरता कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस्तै रुकुम पश्चिमका दुई वटा पालिका र जाजरकोटका दुई वटा पालिकामा भुकम्प प्रभावित बालबालिकाहरुको लागि सिकाइ निरन्तरता कार्यक्रम, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा आपतकालिन वास प्रतिकार्य कार्यक्रम र सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकामा वास रिकभरी परियोजना संचालनको लागि प्राविधिक सहयोग कार्यक्रम संचालन भैरहेको संस्थाका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिए ।
सुआहार कार्यक्रम अन्तरगत १३ लाख ८२ हजार ४४९ बजेट रहेकोमा सबै खर्च भएको छ । उक्त कार्यक्रम सन् २०१६ देखि २०२३ सम्म संचालन भएको थियो । त्यस्तै स्थानीय सरकारको साझेदारीमा मातृ नवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तरगत ८५ लाख ७३ हजार ८०३.९८ रुपैंया खर्च भएको छ । कार्यक्रम २०२२ बाट सुरु भएको हो । यो कार्यक्रम २०२७ सम्म संचालन हुने कार्यकारी निर्देशक ओलीको भनाई छ ।
रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभावित बालबालिकाहरुको लागि सिकाइ निरन्तरता कार्यक्रम अन्तरगतगत ३६ लाख ३९ हजार ७९४.८० रुपैंया खर्च भएको छ । यो कार्यक्रम रुकुम पश्चिमका सवै पालिका र जाजरकोटका दुई वटा पालिकामा लागु भएको थियो । त्यस्तै संस्थाले भुकम्प प्रभावित जिल्लामा प्रभावित बालबालिकाहरुको लागि शिक्षा प्रतिकार्य निरन्तरता कार्यक्रम पनि संचालन गरेको छ ।
उक्त कार्यक्रममा १ करोड ८४ लाख ८८ हजार ८०० रुपैंया वजेट मध्य २३ लाख ६५ हजार ११३ रुपैंया वजेट खर्च भएको छ । १ करोड ६१ लाख २३ हजार ६८७ रुपैंया वजेट खर्च हुन बाँकि रहेको र कार्यक्रम चलिरहेको बताइएको छ । त्यस्तै भुकम्प प्रभावित क्षेत्रमा आपतकालिन वास प्रतिकार्य कार्यक्रम अन्तरगत ९५ लाख ५२ हजार २९ रुपैंया वजेट मध्य सवै बजेट खर्च भएको छ । वास रिकभरी परियोजना अन्तरगत प्राविधिक सहयोग कार्यक्रम अन्तरगत ४ करोड ७२ लाख बजेट मध्य १५ लाख २३ हजार १३६ हजार रकम खर्च भएको छ ।।