अन्तरपाटी महिला संजाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला बिष्ट
अन्तरपाटी महिला संजाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला बिष्ट
रुकुम । अन्तरपाटी महिला संजाल रुकुम पशिचमको अध्यक्षमा निर्मला विष्ट चयन भएकी छिन् । शनिबार जिल्ला सदरमुकाम खंलगामा भएको भेलाले उनलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । उनी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष बनेकी हुन् ।
त्यस्तै उपाध्यक्षमा धनमाया रावल केसी नेपाली काँग्रेसको तर्फबाट, सचिवमा हुकुम केसी नेकपा एमालेको तर्फबाट र कोषाध्यक्षमा दुर्गा बुढा नेकपा एसको तर्फबाट पदाअधिकारी चयन भएका हुन् । जिल्ला समिति १६ सदस्यीय गठन गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यतामा भएको भेलामा संजालकी प्रदेश सदस्य देवि ओली र मनिषा भण्डारी, जिल्ला समन्वय समितिकी पुर्व उपप्रमुख इन्दिरा विएम र मुसिकोट नगरपालिकाकी पुर्व उपप्रमुख प्रेम कुमारी सुनारको आतिथ्यता रहेको थियो ।।