विपत जोखिम न्युनिकरण तथा प्रतिकार्य अभ्यास
विपत जोखिम न्युनिकरण तथा प्रतिकार्य अभ्यास

रुकुम । रुकुम पूर्वमा विपत जोखिम न्युनिकरण तथा प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा सवारी दुर्घटना पछि गरिने उद्धारको बारेमा नमुना अभ्यास गरिएको हो ।
सिस्ने गाउँपालिका ५ मा रहेको कर्मचारी मिलन केन्द्रमा उक्त नमुना अभ्यास देखाइएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उक्त अभ्यास अन्तरगत दुर्घटनाको समयमा घाईते तथा मृतकको उद्धार कसरी गर्ने, अस्पताल सम्म कसरी पुर्याउने, प्राथामिक उपचार कसरी गर्ने भन्ने बारेमा डेमो मार्फत देखाइएको थियो ।