मुसिकोटमा वृहत् निःशुल्क योग विज्ञान शिविर सुरु
मुसिकोटमा वृहत् निःशुल्क योग विज्ञान शिविर सुरु

रुकुम पश्चिम । जिल्ला सदरमुकाम मुसिकोट–१ खलंगामा पाँच दिने वृहत निःशुल्क योग विज्ञान शिविर आयोजना गरिएको छ । आजबाट सुरु भएको यो शिविर यही कार्तिक ९ गते शुक्रबारसम्म संचालन हुनेछ ।
पतंजली योग समिती नेपाल संगको सहकार्यमा मुसीकोट नगरपालिकाले शिविरको आयोजना हो । निरोगी र स्वस्थ रहन जीवनमा योगको निकै ठुलो महत्व रेहेको भन्दै मुसीकोटका नगर प्रमुख महेन्द्र केसीले योग गर्ने बानीमा विकास गर्न सकियोस् भन्ने उदेश्यले यो शिविरको आयोजना गरिएको बताए ।
खलंगा स्थित बराहटाकुरा मैदानमा अबका ५ दिन विहान ५ देखी ७ बजेसम्म योगको कार्यक्रम चल्ने पनि नगरपालिकाले जनाएको छ । साथै योग अभ्यासमा सहभागी हुन कुनै शुल्क नलाग्ने भन्दै नगरपालिकाले यो शिविरमा सहभागी हुन सबैलाई सर्वजनिक रुपमा आह्वान समेत गरेको छ ।