चण्डीदल गणमा सैनिक दीक्षित कार्यक्रम सम्पन्न
चण्डीदल गणमा सैनिक दीक्षित कार्यक्रम सम्पन्न

रुकुम । रुकुम पश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सैनिक दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । गणमा सञ्चालित सैन्य आधार तालिमको आज दिक्षान्त समारोह सम्पन्न भएको हो ।
गणमा सञ्चालन भएको सि.सं. ६ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा ७६ जना सैन्यहरु सिपाहीमा दिक्षित हुनुभएका हुन् ।
यस अवसरमा सी.सं. ६ सैन्य आधार तालिममा उत्कृष्ट हुन सफल पाँच जना सैनिक जवानलाई पुरस्कृत गरिएको थियो । सर्वोत्कृष्ट हुन सफल रबिन्द्र बिक, शारीरिक सहिष्णुतातर्फ गोपाल नेपाली, फायरिङ्गमा सुरेश बिक, बाधापारमा नरेश चौधरी र ड्रिलतर्फ नव राज घर्तीले पुरस्कार प्राप्त गरेका छन् ।