स्यार्पुतालमा सबै खालका डुङ्गा सञ्चालनमा रोक लगाइयो

स्यार्पुतालमा सबै खालका डुङ्गा सञ्चालनमा रोक लगाइयो

"0" Comments

रुकुम । स्यार्पूतालमा सञ्चालित सबै प्रकारका डुङ्गा सञ्चालनमा रोक लगाइएको छ । अनुमति बिनै सञ्चालन भएको भन्दै डुङ्गा सञ्चालनमा रोक लगाइएको हो ।

पर्यटन प्रवर्धन र स्वरोजगारका लागि सञ्चालित डुङगाहरु आवश्यक कानुनी प्रक्रिया तथा अनूमतिबिनै सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको हो । स्पार्पूतालमा सुरुमा काठका र केही वर्ष पहिलादेखि आधुनिक डुङ्गा सञ्चालन हुँदैआएका थिए । चार वटा आधुनिक डुङ्गा सञ्चालनमा थिए । भदौ दोस्रो साताबाट एक वटा मोटरबोटसमेत सञ्चालनमा आएको थियो ।

मोटरबोटले आवश्यक कानुनी प्रक्रिया तथा अनुमतिबिनै सञ्चालनमा आएको र यसले क्षति हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको थियो । बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिकका अनुसार मोटरबोट सञ्चालनको अनुमति पर्यटन बोर्डबाट लिनुपर्ने हुन्छ । बोर्डले वातावरणीय अवस्था, प्रभाव तथा मोटरबोट परीक्षण गरेर मात्र सञ्चालनको अनुमति दिने जानकारी दिए ।

यसअघि नियमित सञ्चालनमा परम्परागत डुङगा सञ्चालनको लागि आवश्यक कार्यविधिको निर्माण हुन बाँकि रहेको उनको भनाई छ । यसका लागि पालिकाले कार्यविधि तयार गरेर परम्परागत डुङ्गा सञ्चालनका लागि अनुमति दिन सक्छ ।

यसअघि गाउँपालिकाले मोटरबोट सञ्चालनको अनुमति दिएको थियो । उक्त कार्य पर्यटनबोर्डको क्षेत्राधिकार भएकोले गाउँपालिकाले उक्त अनुमति रद्द गरेको छ । त्यसयता मोटरबोटसहित अन्य परम्परागत डुङ्गाहरु बन्द छन् । सुन्दर स्यार्पूताललाई थप आकर्षक बनाउँदै पर्यटक तानिरहेका डुङ्गाहरु बन्द हुँदा यहाँ आउने पर्यटकहरुको सङ्ख्या घटेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *