पूर्व विद्यार्थीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण
पूर्व विद्यार्थीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १४ मा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीले प्रतिक्षालय निर्माण गरेका छन् । दोपाईमा रहेको प्रभात माविका पूर्व विद्यार्थी यमकान्त केसीले विद्यालयमा प्रतिक्षालय निर्माण गरेका हुन् ।
केसीले विद्यालयमा झन्डै डेढ लाख बढी लागतमा प्रतिक्षा निर्माण गरेका हुन् । आफू बाल्यकालमा पढेको विद्यालयमा प्रतिक्षाले निर्माण गर्न पाउँदा खुसी रहेको र आगामी दिनमा आफूले सके अनुसारको सहयोग गर्ने बताए । विद्यालयमा परीक्षा लिने निर्माण गरेपछि विद्यालयले दोसल्ला ओडाएर सम्मान गरेको छ ।