राप्ती समाज दक्षिण कोरियाद्धारा डिग्रेमन्दिरमा डस्विन हस्तान्तरण

राप्ती समाज दक्षिण कोरियाद्धारा डिग्रेमन्दिरमा डस्विन हस्तान्तरण

"0" Comments

रुकुम । राप्ती समाज दक्षिण कोरियाले डिग्रेसाइकुमारी मन्दिरमा डस्विन हस्तान्तरण गरेको छ । बुधबार मुसिकोट नगरपालिका– ५ मा रहेको मन्दिरमा पुगेर फाहोर व्यवस्थापनको लागि डस्विन हस्तान्तरण गरिएको हो ।

समाजका सल्लाहकार जीवन खड्काले १० हजारका डस्विन हस्तान्तरण गरेका हुन् । मेलामा र मन्दिरमा पुजा गर्नेहरुको भिड बढेसंगै फोहोर पनि बढ्ने भएकाले फोहोर व्यवस्थापनको लागि डस्विन वितरण गरिएको सल्लाहाकार खड्काले बताए ।

डस्विन हस्तान्तरण कार्यक्रममा डिग्रेमन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसी, मन्दिरका पुजारी रामप्रसाद गौतम लगायतको सहभागीता रहेको थियो । डिग्रे मेलाको समयमा मन्दिरमा फोहोर धेरै बढ्ने भएका कारण फोहोर व्यवस्थापनमा सहजीकरण लागि डस्बिन सहयोग गरिएको राप्ती समाज दक्षिण कोरियाले जनाएको छ ।

डिग्रे मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष शैलेन्द्र केसीले डस्बिन प्रदान गरेकोमा समाजलाई धन्यबाद ब्यक्त गरे । समाजका सल्लाहकार खड्काका अनुसार साविकको राप्ती अञ्चलबाट दक्षिण कोरियामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले समाज मार्फत विभिन्न सामाजिक कार्यमा योगदान गर्ने गरेको छ ।

समाज मार्फत रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल दहको फोहोर व्यवस्थापनका लागि पनि केहि दिनमा डस्विन सहयोग गर्ने योजना बनाएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *