उपनिर्वाचन: पुथाउत्तरगंगामा ७ जनाको उम्मेदवारी फिर्ता
उपनिर्वाचन: पुथाउत्तरगंगामा ७ जनाको उम्मेदवारी फिर्ता
रुकुम पूर्व (तकसेरा) । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी मनोनयन दर्तामा उपाध्यक्ष पदका लागि ७ जना र २ नम्बर वडाको वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।
बुधबार उपाध्यक्ष पदका उम्मेदवार ४ स्वतन्त्र र एकीकृत समाजवादीका उम्मेदवार गरी ५ जना र २ नम्बरको वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएका काँग्रेस–एमालेका उम्मेदवार र एक स्वतन्त्रले उम्मेदवारी फिर्ता लिनु भएको छ । उपाध्यक्ष पदका उम्मेदवार ५ र वडाध्यक्ष २ गरी ७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिनु भएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले दिए ।
सुवेदीका अनुसार उपाध्यक्ष पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सुनिता बुढामगर, स्वतन्त्रतर्फका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले उम्मेदवारी फिर्ता लिएका छन् । साथै वडाध्यक्ष पदका उम्मेवदार काँग्रेस–एमालेका संयुक्त उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज बिकले उम्मेदवारी फिर्ता लिएका हुन् ।