सिस्ने गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने

सिस्ने गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने

"0" Comments

रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यकम बमोजिम लक्षित समुदायका लागि आयोगको तयारी कक्षा संचालन हुने भएको हो ।

शिक्षक सेवा आयोगको कक्षा लिन चाहने लाभग्राहीहरुलाई मंसिर २० गतेसम्म कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । सिस्ने गाउँपालिका भित्र स्थायी बसोबास भएको, प्रविणता प्रमाणपत्र तह वा २ उतिर्ण गरेको, उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेकोले शिक्षक सेवा आयोगको कक्षा लिन पाउने प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *