निर्वाचन आचारसंहिता पालना गर्ने राजनितिक दलको प्रतिवद्धता

निर्वाचन आचारसंहिता पालना गर्ने राजनितिक दलको प्रतिवद्धता

"0" Comments

रुकुम पश्चिम । मंसिर १६ गते हुने स्थानीयतह उप–निर्वाचन अन्तरगत रुकुम पश्चिमको सानीभरी गाउँपालिका– ५ हुने निर्वाचन आचारसंहिताको विषयमा आज (शुक्रबार) सर्वदलिय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बैठक बसेको हो ।

जिल्लाका उपचुनावमा भाग लिएका राजनितिकदल हरुले आचारसंहिताको पुर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले चुनावलाई निष्पक्षरुपमा सम्पन्न गर्नको लागि सबै राजनितकदलले आचारसंहिता पालनामा ध्यान दिनु पर्ने बताए ।

त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले आचारसंहिता अनुगमणको पाटोलाई प्रभावकारी बनाउनु पर्ने जनाए । जिल्लामा पछिल्लो चुनावहरुमा निर्वाचन आचारसंहिता पालना गर्ने कुरामा राजनितिकदलहरु प्रतिवद्ध हुदै गएको उनको भनाई छ ।

बैठकमा बोल्दै नेकपा एमालेका मुसिकोट नगर अध्यक्ष गार्कण खड्काले राजनितिकदलका जिल्ला स्तरिय नेतृत्वले आफ्ना कार्यक्रता सम्म निर्वाचनको आचारसंहिताको बारेमा जानकारी दिनु पर्ने बताए । उनले निर्वाचनको बेलामा हुने हुने झडप रोक्न पनि राजनितिकदल हरुको ठुलो भुमिका हुने बताए ।

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला स्थित राजनितिकदल र अनय निकायहरुलाई अनुरोध गरे । निर्वाचन आचारसंहिता पालनाले मात्रै निर्वाचन शान्ति र भयरहित हुने उनको भनाई थियो । त्यस्तै निर्वाचनको बेला सुरक्षा निकायलाई सहयोग गर्न पनि प्रजिअ जिसीको भनाई थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *