एमाले रुकुम पूर्वले गर्‍यो जिल्लाका १९ वटा वडामा एकसाथ जनभेला

एमाले रुकुम पूर्वले गर्‍यो जिल्लाका १९ वटा वडामा एकसाथ जनभेला

"0" Comments

रुकुम पूर्व । नेकपा (एमाले) रुकुम पूर्वले केन्द्रीय कार्यक्रम अनुसार कार्तिक २२ गते एकै दिन जिल्लाका विभिन्न १९ वटा वडाहरुमा जन भेला तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिगामि षडयन्त्रलाई परास्त गर्दै मुलुकलाई संवैधानिक व्यवस्थातर्फ फर्काउनका लागी एमालेले देशव्यापी २२ गते वडा, २५ गते पालिका, २९ गते जिल्ला र मंसिर ६ गते केन्द्रीय स्तरको जन सभा गर्ने गरि जुटि रहेकोमा सोहि अनुरुप रुकुम पूर्वमा पनि कार्यक्रमहरुको आयोजना र खटनपटन गरिएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले बताए ।

जस अन्तर्गत शनिवार सिस्नेका ८, भुमेका ३ र पुथाउत्तरगंगाका ८ गरी जम्मा १९ वटा वडाहरुमा जनभेला तथा भेटघाट सम्पन गरिएको समेत गौतमले जानकारी दिए । साथै उनले राष्ट्रियता, लोकतन्त्र र संविधानका पक्षधर सबै राजनीतिक दल, सबै देशभक्तहरु र नागरिकहरुलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा एवं शान्तिको पुनर्वहालीका लागी एकताबद्ध भएर अगाडि समेत गरेका छन् ।

पार्टीको गत कार्तिक १९ गते जिल्ला कमिटी सचिवालय वैठकले सबै नेताहरुको वडा केन्द्रित जिम्मेवारी तोकेरै वडा भेलाको लागि खटाएको र सोहि अनुसार सबै नेता कार्यकर्ता परिचालन भएको सिस्ने गाउँ कमिटीका अधिकारी देविलाल गिरीले बनाए।

अभियानको नेतृत्व केन्द्रीय सल्लाहकार परिषद सदस्य नन्दलाल शर्मा, जिल्ला अध्यक्ष लिलामणि गौतम, प्रदेश कमिटी सदस्यहरु निर्माण वुढा, टोपबहादुर ओली, रुजिधन घर्ती, फत्य कुमारी ओली, भावना वुढाथोकी लगायत जिल्ला र पालिका कमिटीका नेताहरुले गरिरहेको एमाले रुकुम पूर्वको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *