छात्रवृद्धी करारमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिक बाहेकका काममा गएनन्

छात्रवृद्धी करारमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिक बाहेकका काममा गएनन्

"51" Comments

रुकुम पश्चिम । विगत ६ महिनादेखी पारिश्रमिक नपाएको भन्दै गत आईतबार ३ दिनको अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कार्यरत् छात्रवृद्धी करारका स्वास्थ्यकर्मीले आजदेखी आकस्मिक बाहेक काममा जान छोडेका छन् । कामको पारिश्रमिक वापतको रकम पाउनुपर्ने एक सुत्रिय माग पुरा नभएका कारण आकस्मिक सेवामा काहेक काम नगएका हुन् ।

यहाँ कार्यरत् मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी जम्मा १२ जनाले गत कार्तिक देखी चैतसम्मको पारिश्रमिक नपाएको भन्दै गत चैत ३१ गते स्वास्थ्य सेवा व्यवस्थापक समक्ष वैशाख ३ गतेसम्मको अल्टिमेटम सहित ध्यानाकर्षण बताउदै डा. पराग जिसी सुवेदीले यसरी तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेको बताए । साथै उनले यसअघि यही कार्यालयमा काम गरेर विदाई भैसकेका ३ जना मेडिकल अधिकृत र १ जना डेन्टल सर्जन गरी ४ जनाले पनि अहिलेसम्म तलब–भत्ता नपाएको जनाए ।

स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईले हाल आफु काम बिशेषले जिल्ला बाहिर रहेको जनाए । तर सहकर्मीहरुले यसरी बिना तलब काम गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको भन्दै उनले कार्यालयका तर्फबाट आफुहरुले गर्नुपर्ने सर सहयोग भने गरिरहेको भन्दै यस बिषयमा नेपाल सरकार नै प्रमुख जिम्मेवार भएको बताए ।

स्वास्थ्य सेवा कार्यालयमा हाल ३ जना विशेषज्ञ चिकित्सक, छात्रवृद्धी करारका २ जना र १ जना स्थायी गरी ३ जना डेन्टर अधिकृत र छात्रवृद्धी करारका ७ जना र ३ जना स्थायी गरी १० जना मेडिकल अधिकृत सहित जम्मा १६ जना चिकित्सक कार्यरत् रहेको बताईएको छ ।

छात्रवृद्धी करारका स्वस्थ्यकर्मीहरु काममा नआउदाँ आफुहरुलाई कामको चाप परेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक ओसन पुन मगरले बताए । ‘साथीहरु काममा आउदैनौं भनेर आज विहान मात्रै जानकारी गराउनुभयो । यसकारण हामी उपलब्ध स्थायी चिकित्सकले जसोतसो सेवा दिईरहेका छौं । सधै यसरी त चल्दैन । यसकारण उहाँहरुको माग पुरा गर्नका लागी सम्बन्धित सरकारको सक्रियता जरुरी छ ।’


51 thoughts on “छात्रवृद्धी करारमा कार्यरत स्वास्थ्यकर्मी आकस्मिक बाहेकका काममा गएनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *