स्थानीय युवाहरुले श्रमदान मार्फत सडक निर्माण गर्दै

स्थानीय युवाहरुले श्रमदान मार्फत सडक निर्माण गर्दै

"1" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १० अर्मामा स्थानीय युवाहरु श्रमदान मार्फत सडक निर्माणमा जुटेका छन् । अर्मामा रहेको सरस्वती मावि देखि सार्कीटोल सम्मको डेढ किलोमिटर सडक युवाहरुले निर्माण गर्न थालेका हुन् ।

आजबाट सडक निर्माणको काम सुरु भएको स्थानीय खिमराज खड्काले जानकारी दिए । उनका अनुसार आज पहिलो दिन १० जना युवा श्रमदानमा जुटेका थिए । १० दिनमा सडक निर्माण गरिसक्ने योजना रहेको उनको भनाई छ । बाँकी दिनमा श्रमदान गर्नेहरु थपिदै जाने पनि उनले बताए ।

युवाहरुले सडकको ट्रयाक खोल्ने र बाँकी सडक स्तरउन्नतीको काम वडा सरकारले गर्ने बताइएको छ । वडा सरकार आगामि आर्थिक बर्षमा स्तरउन्नतीको काम गर्ने बताएको हो । स्थानीय युवा तुलसिराम सार्कीको नेतृत्वमा सडक निर्माणको काम भैरहेको छ ।।


One thought on “स्थानीय युवाहरुले श्रमदान मार्फत सडक निर्माण गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *