स्थानीय युवाहरुले श्रमदान मार्फत सडक निर्माण गर्दै
स्थानीय युवाहरुले श्रमदान मार्फत सडक निर्माण गर्दै
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १० अर्मामा स्थानीय युवाहरु श्रमदान मार्फत सडक निर्माणमा जुटेका छन् । अर्मामा रहेको सरस्वती मावि देखि सार्कीटोल सम्मको डेढ किलोमिटर सडक युवाहरुले निर्माण गर्न थालेका हुन् ।
आजबाट सडक निर्माणको काम सुरु भएको स्थानीय खिमराज खड्काले जानकारी दिए । उनका अनुसार आज पहिलो दिन १० जना युवा श्रमदानमा जुटेका थिए । १० दिनमा सडक निर्माण गरिसक्ने योजना रहेको उनको भनाई छ । बाँकी दिनमा श्रमदान गर्नेहरु थपिदै जाने पनि उनले बताए ।
युवाहरुले सडकको ट्रयाक खोल्ने र बाँकी सडक स्तरउन्नतीको काम वडा सरकारले गर्ने बताइएको छ । वडा सरकार आगामि आर्थिक बर्षमा स्तरउन्नतीको काम गर्ने बताएको हो । स्थानीय युवा तुलसिराम सार्कीको नेतृत्वमा सडक निर्माणको काम भैरहेको छ ।।

you have a great blog here! would you like to make some invite posts on my blog?
Awsome post and right to the point. I am not sure if this is in fact the best place to ask but do you people have any thoughts on where to hire some professional writers? Thx 🙂
I?¦ve read some just right stuff here. Certainly worth bookmarking for revisiting. I surprise how so much effort you place to make one of these wonderful informative site.