कमलतालले दुई वटा सुधिवा सम्पन्न बस संचालन गर्यो
कमलतालले दुई वटा सुधिवा सम्पन्न बस संचालन गर्यो
रुकुम । कमलताल यातायात प्रालीले काठमाडौं रुकुम चल्ने रुटमा सुविधा सम्पन्न बस संचालन गरेको छ । प्रालीले दुइ वटा नयाँ सुविधा सम्पन्न बस संचालन गरेको हो । मध्यपहाडी लोकमार्ग हुदै चल्ने बसमा सोफा सिट लगायत सुविधा रहेको यातायात प्रालीका अध्यक्ष ललित बुढाले जानकारी दिए ।
सोफासिट, हिटर, ब्लाङकेट र डस्विन गाडिमा छन् । त्यस्तै समितिले संचालन गरेका नयाँ गाडी र अन्य गाडीमा अपाङ्गता भएका व्यक्ति, जेष्ठनागरिक, महिला र विद्यार्थीहरुको लागि १२ वटा सिट छुट्याएको पनि अध्यक्ष बुढाले बताए ।
कमलताल यातायात प्रालीले देशका विभिन्न ठाउँमा सेवा दिइरहेको छ । प्रालीसंग काठमाडौंका लागि हाल ६ वटा डिलक्स बसहरु रहेका छन् । नेपालगञ्जका लागि २ र दाङको लागि फोर्स गाडी र बस पनि संचाल भैरहेको अध्यक्ष बुढाले बताए ।।