भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण

भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण

"6" Comments

रुकुम पश्चिम । रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण भएका छन् । बेलायती राजदूतावास एफसीडीओको सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा राष्ट्रसंघीय निकायहरुको साझेदारीमा सञ्चालित संयुक्त पुनर्लाभ कार्ययोजना अन्तर्गत भुकम्प प्रभावित क्षेत्रमा नमुना घरहरु निर्माण भएका हुन् ।

नमूना आवास अन्तर्गत तयार गरिएका यी भवनहरु सिएसईबी प्रविधिमा आधारित रहेका छन् । जिल्लाको आठविसकोट नगरपालिकामा ३, त्रिवेणी गाउँपालिका १ र बाँफिकोट गाउँपालिकामा १ गरि ५ वटा नमुना घर निर्माण भएर भुकम्प पिडितलाई हस्तान्तरण गरिएको छ । परियोजनाले रुकुम पश्चिम र जाजरकोटमा २६ वटा नमुना घर निर्माण गरिरहेको छ ।

परियोजनाले भुकम्प प्रभावित क्षेत्रमा दुई कोठे र तिन कोठे नमुना घर निर्माण गरिरहेको छ । २ कोठे घरको लागत ६ लाख रहेको छ भने तिन कोठे घरको लागत ८ लाख रहेको आइओएमका कार्यक्रम व्यवस्थापक विपिना शर्माले जानकारी दिईन ।

जिल्लाको चौरजहारी नगरपालिकामा २ वटा, सानीभेरी गाउँपालिकामा २ वटा, मुसिकोट नगरपालिकामा १ वटा बाँफिकोट गाउँपालिकामा १ वटा, त्रिवेणी गाउँपालिकामा १ र आठविसकोट नगरपालिकामा ६ वटा, नमुना घर निर्माण हुने छन् । केहि नमुना घरहरु निर्माण भएर पनि लाभग्राहीलाई हस्तान्तरण भैसकेको आइओएमले जनाएको छ ।

आज (विहिबार) जिल्लाको त्रिवेणी गाउँपालिका ८ की लिला नेपालीको नमुना घर निर्माण गरेर हस्तान्तरण पनि गरिएको छ । गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले उक्त घर हस्तान्तरण गरेका हुन्।


6 thoughts on “भुकम्प प्रभावित क्षेत्रमा ५ वटा नमुना घर निर्माण

  1. After study a few of the blog posts on your website now, and I truly like your way of blogging. I bookmarked it to my bookmark website list and will be checking back soon. Pls check out my web site as well and let me know what you think.

  2. Hiya, I am really glad I have found this info. Today bloggers publish just about gossips and internet and this is actually annoying. A good web site with exciting content, that is what I need. Thank you for keeping this web site, I’ll be visiting it. Do you do newsletters? Can not find it.

  3. Woah! I’m really digging the template/theme of this blog. It’s simple, yet effective. A lot of times it’s challenging to get that “perfect balance” between user friendliness and visual appeal. I must say that you’ve done a very good job with this. Also, the blog loads very fast for me on Internet explorer. Superb Blog!

  4. Hi, Neat post. There is an issue with your web site in web explorer, might check this… IE still is the market leader and a big portion of people will pass over your excellent writing because of this problem.

  5. you are really a good webmaster. The web site loading speed is amazing. It seems that you are doing any unique trick. Moreover, The contents are masterwork. you have done a fantastic job on this topic!

  6. Good write-up, I am normal visitor of one’s web site, maintain up the nice operate, and It is going to be a regular visitor for a lengthy time.

Leave a Reply

Your email address will not be published. Required fields are marked *