रेडक्रस रुकुम पश्चिमको सभापतिमा बलवीर निर्वाचित

रेडक्रस रुकुम पश्चिमको सभापतिमा बलवीर निर्वाचित

"0" Comments

रुकुम पश्चिम । नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा बलवीर पुन निर्वाचित भएका छन् । गए राती सम्पन्न मतदानपछि सार्वजनिक मत परिणाम अनुसार पुनको सभापतित्वमा १७ सदस्यिय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।

जिल्ला शाखाको ३१ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनपछि निर्वाचनको कार्यक्रम भएको थियो । निर्वाचन अधिकारी लिलाराम सुवेदीका अनुसार शाखाको उप सभापतिमा गोपाल लामिछाने र दिपा डागीँ खड्का निर्वाचित भएकी छिन् ।

त्यसैगरी शाखाको मन्त्रीमा यज्ञबहादुर केसी, कोषाध्यक्षमा लक्ष्मण खड्का, उपमन्त्रीमा भूपेन्द्र कुमार ओली र उप कोषाध्यक्षमा मानबहादुर ओली निर्वाचित भएका छन् । मत परिणाम अनुसार महिला सदस्यमा नैना खड्का, सुनिता बिष्ट र हिमा खड्का ओली निर्वाचित भएका छन् भने सदस्यहरुमा शिवराम खत्री, यदु कुमार आचार्य, दिपबहादुर खत्री, नन्दलाल खत्री, तुलसीराम बुढा, खड्क बहादुर केसी र लिला गौतम निर्वाचित भएका छन् ।

सहमतिमार्फत नेतृत्व चयनको लागि कोसिस गरिएतापनि सहमति हुन नसकेपछि सभापति सहितको १७ वटै पदमा निर्वाचन भएको थियो ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *