प्रेस चौतारी रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशबाट अध्यक्षमा राजन गौतम निर्वाचित

प्रेस चौतारी रुकुम पूर्वको दोस्रो जिल्ला अधिवेशबाट अध्यक्षमा राजन गौतम निर्वाचित

"0" Comments

रुकुम पूर्व । प्रेस चौतारी नेपाल रुकुम पूर्वी भागको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा राजन गौतम निर्वाचित भएका छन् । शनिबार रुकुमकोटमा आयोजित दोस्रो जिल्ला अधिवेशनवाट गौतमको नेतृत्वमा एकजना पछी थप गर्नेगरी ११ सदस्सिय  कार्यसमिति निर्वाचित गरिएको हो ।

कार्यसमितीको उपाध्यक्षमा हिमशिखर शाह र शारदा सुनार, सचिवमा सौगात गौतम, सह–सचिवमा शुसिल गौतम र प्रतिष्णा राजभण्डारी र कोषाध्यक्षमा कमल खड्का निर्वाचित भएको निवर्तमाण अध्यक्ष माधव केसीले जानकारी दिएका छन् ।

त्यस्तै सदस्यहरुमा रुपन खड्का, ससिका घर्ती र अनुपमा आचार्य रहेको बताईएको छ ।

अधिवेशनमा नेकपा (एमाले) जिल्ला अध्यक्ष लिलामणि गौतमको प्रमुख आथित्यता र प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि प्रेम बहादुर राम्जाको विशेष आथित्यतामा रहेको थियो ।

केन्द्रीय प्रतिनिधि परिषद् सदस्यमा महेश के.सी. र सोनालिजा गौतम तथा प्रदेश प्रतिनिधि परिषद् सदस्यमा माधव के.सी र गरिमा गिरीलाई पनि निर्वाचित गरिएको छ ।

साथै नवनिर्वाचित कार्यसमितीको पहिलो बैठक पनि शनिबार नै आयोजना गरी आसन्न प्रदेश अधिवेशन तथा महाधिवेशन सफल बनाउन बिभिन्न निर्णयहरु गरिएको पनि नवनिर्वाचित सचिव सौगात गौतमले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *